सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: दुई जना मृतकको पहिचान खुल्यो

दोलखा | बैशाख ७, २०८१

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: दुई जना मृतकको पहिचान खुल्यो

दोलखा:  दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीको धारावतीमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–१ का मानबहादु थामी र शिव श्रेष्ठ रहेका छन् भने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको घटनास्थलबाट भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिनुभयो ।


 

यो पनि पढ्नुहोस

 

 

सोहि बसमा सवार दुलाहाको अवस्था सामान्य रहेको र घाइते २५ जनालाइ खाडिचौरस्थित सदाबहार अस्पताल लगिएको छ । बाँकीको अवस्था सामान्य रहेको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजुले जानकारी दिनुभयो ।

 

पिस्करको मुलाबारीस्थित गोकुल थामीको छोरीको बिबाहमा जन्ति लिइ आएको बस बेहुलीको घर देखि आधा घन्टाको दुरी नजिक आइपुग्दा दुर्घटना भएको हो ।

 

बिहीबार परेको पानीले सडक बिगारेका कारण बस अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको हुन सक्ने अनुमान गरिएको छ ।


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्